चीन जाने पर्यटकका लागि कोरोना परीक्षण अनिवार्य नहुने
काठमाडौं । चीन भ्रमणमा जाने पर्यटकहरुका लागि कोरोना भाइरस (कोभिड १९) परीक्षण अनिवार्य नहुने भएको छ ।
सोमबार चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ यीले चिन जाने कोही पनि व्यक्तिले एन्टिजेन परीक्षण गर्नैपर्ने बाध्यता हटाउने बताएका हुन् ।
उनका अनुसार, उक्त नियम अगस्ट ३० देखि लागू हुनेछ । २०१९ को डिसेम्बरमा चीनमा पहिलो पटक कोरोना संक्रमण देखा परेको थियो ।
चीनपछि बिस्तारै विश्वभर नै कोरोना भाइरसको संक्रमण फैलिँदा लाखौँ मानिसहरुको निधन भएको थियो भने अर्बौं मानिसहरु संक्रमित भएका थिए ।
२०१९ देखि हालसम्म पनि कोरोना भाइरस अधिकांश मुलुकहरुमा अहिले पनि देखा पर्दै आइरहेको छ ।
