मकवानपुरमा फिल्म फेष्टिभल हुने

तु खबर संवाददाता
२०८० भाद्र ११, सोमबार १७:४५

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकामा फिल्म फेष्टभल हुने भएको छ । थाहा कला केन्द्रले आयोजना गर्ने उक्त फेष्टिभल आगामी मंसिर ९ देखि १५ गतेसम्म हुने भएको हो ।

थाहा नगरपालिकालाई नेपालको ‘मिनि फिल्म सिटी’ को रुपमा स्थापित गर्नको लागि कार्यक्रमको आयोजना गर्न लागिएको गरिएको आयोजक समितिका संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिए ।

सो फेष्टिभलमा धार्मिक, साँस्कृतिक, ऐतिहासिक विषयवस्तु समेटिएका वृत्तचित्रदेखि पर्यटन प्रवद्र्धनका लागि तयार भएका चलचित्र, लघु चलचित्र, म्युजिक भिडियो, भ्लगहरु प्रर्दशन हुने संयोजक जोशी बताए ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय र थाहा नगरपालिका लगायत विभिन्न संघ–संस्थाहरुको आर्थिक सहयोगमा फिल्म फेष्टिभलको आयोजना गरिने भएको उनले बताए ।

मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा रहेको दामन, सिमभञ्ज्याङ, टिष्टुङ, पालुङ, इन्द्रसरोवर ताल, बज्रबाराही, चित्लाङ पर्यटकीय क्षेत्रको रुपमा परिचित रहेको छ ।