हिरासतमै डिएसपीले बलात्कार गरेको आरोपः छानविन गर्न समिति गठन

तु खबर संवाददाता
२०८० भाद्र ११, सोमबार १५:२८

काठमाडौँ । सप्तरीको कञ्चनरुपस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेकी महिलालाई कार्यालय प्रमुख डीएसपी दिपककुमार रायले बलात्कार गरेको उजुरीमाथि छानविन गर्न प्रहरीले छानविन समिति गठन गरेको छ ।

महिलाले आफुमाथि इलाका प्रहरी कार्यालयका प्रमुख रायले बलात्कार गरेको भन्दै केही दिनअघि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए पनि उजुरी भने दर्ता भएको छैन । प्रहरीले उजुरी नै दर्ता नगरी घटनाबारे छानबिन गर्न समिति गठन गरेको हो ।

एसएसपी प्रविण पोखरेलको नेतृत्वमा छानबिन समिति गठन भएको छ भने समितिमा इन्स्पेक्टर सञ्जिब योञ्जन, वरिष्ठ सई प्रेमराज सुबेदी, प्रहरी सहायक हवल्दार दिलबहादुर खत्री र प्रहरी जवान संजय तामाङ छन् ।