मकवानपुरमा २३ जना डेंगू संक्रमित थपिए, सबैभन्दा धेरै हेटौंडाका

तु खबर संवाददाता
२०८० भाद्र १०, आईतवार १७:११
file-photo

मकवानपुर । मकवानपुरमा २३ जना डेंगू संक्रमित थपिएका छन् । जिल्लामा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उनीहरुमा डेंगू संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

आइतबार सबैभन्दा धेरै हेटौंडा उपमहानगरपालिकामा डेंगू संक्रमित थपिएका छन् । त्यहाँ आज १५ जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।

यसैगरी, आज मकवानपुरगढी गाउँपालिका र बागमती गाउँपालिकाका ४/४ जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार, आज थपिएसँगै जिल्लामा डेंगू संक्रमितको कूल संख्या २७१ पुगेको छ । उक्त तथ्याङ्क साउन १ गतेदेखि आजसम्मको हो ।

यस्तै, जिल्लामा डेंगू संक्रमणका कारण साउन १ गतेदेखि हालसम्म एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडाका एक जना पुरुष रहेका छन् ।