हेटौंडाको सडक विस्तार सम्बन्धि मुद्धा हेर्न नभ्याइनेमा
मकवानपुर । पूर्वपश्चिम राजमार्ग तथा त्रिभुवन राजपथ अन्तरगत पर्ने हेटौंडा बजार क्षेत्रको सडक विस्तार सम्बन्धि मुद्धा मंगलबार हेर्न नभ्याइनेमा परेको छ ।
मंगलबार सर्वोच्च अदालतले सो मुद्धालाई हेर्न नभ्याउनेमा राखेपछि मुद्धा उपर सुनुवाइ भएन ।
पूर्व पश्चिम राजमार्ग अन्तरगत हेटौंडाको मुख्य बजारको दायाबायाँ २५/२५ गज भत्काउन सर्वोच्चको आदेश भएतापनि घरधनीहरुले पुनः क्षतिपूर्तिसहितको मुआब्जा मागसहित सर्वोच्चमा उजुरी दर्ता गराएका थिए ।
अदालतमा उजुरी परेका कारण लामो समयदेखि सडक विस्तारको विषय अघि बढ्न नसकेको हो ।
मंगलबार पनि सडक विस्तारको मुद्धा हेर्न नभ्याइनेमा सर्बोच्चले राखेको जानकारी प्राप्त भएको डिभिजन सडक कार्यालय हेटौंडाका प्रमुख राजेशकुमार यादवले बताए ।
यसअघि असार गत असार १५ गतेबाट सडक विस्तार गर्ने गरी डिभिजन सडक कार्यालयले सार्वजनिक सूचना प्रकाशित गरेको थियो ।
