प्रधानन्यायाधीश श्रेष्ठले लिए पद तथा गोपनीयताको सपथ

तु खबर संवाददाता
२०८० भाद्र ५, मंगलवार १७:०१

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार शीतलनिवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।

राष्ट्रपति पौडेलले श्रेष्ठलाई सोमबार प्रधानन्यायाधीशमा नियुक्त गरेका थिए ।

समारोहमा उपराष्ट्रपति, रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना, मन्त्रीहरु लगायत उच्चपदस्थ कर्मचारीहरु सहभागी थिए ।