एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित

तु खबर संवाददाता
२०८० श्रावण २९, सोमबार १५:३३
file-photo

काठमाडौँ । नेकपा एमालेको नाराबाजीपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

क्वीन्टल सुन तस्करी प्रकरणमा अनुसन्धानको लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने मागसहित एमाले सांसदहरूले उठेर नाराबाजी गरेपछि बैठक स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेले संसदको कामकारबाही अगाडि बढाउन सहयोग गर्न आग्रह गरेका थिए ।

तर पनि एमाले सांसदहरूले आफ्नो अडान नछोडेपछि सभामुख घिमिरेले बैठक भदौ ३ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको जानकारी गराएका हुन् ।

एमालेले सुन तस्करी प्रकरणमा सरकारका मन्त्रीहरूको संलग्नता रहेको भन्दै छानबिन समिति नबनाएसम्म संसद चल्न नदिने चेतावनी दिएको छ ।