धरानमा डेंगूका कारण ११ जनाको मृत्यु, १० हजार नाघे संक्रमित

तु खबर संवाददाता
२०८० श्रावण २९, सोमबार १४:४५
file-photo

धरान । डेंगू रोगको संक्रमणका कारण धरानमा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १० वर्षदेखि ८४ वर्षसम्म उमेर समूहका छन् ।

मृतक ११ जनामध्ये एकजना उदयपुरका हुन् । बाँकी १० जना धरानका हुन् ।

त्यस्तै धरानमा संक्रमितको संख्या १० हजार नाघेको छ । पछिल्लो केही महिनामा मात्रै डेंगू संक्रमितको संख्या १० हजार नाघेको हो ।

धरान उपमहानगरपालिका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार आइतबारसम्म १० हजार २१८ जनामा डेंगू संक्रमण देखिएको छ ।

परीक्षण गरिएका मध्ये ७१ प्रतिशतमा डेंगू संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।