हेटौंडामा मोटरसाइकल दुर्घटना हुँदा चालक घाइते

तु खबर संवाददाता
२०८० श्रावण २७, शनिबार १६:२६

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.४ मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन् ।

भैरवरोडतर्फबाट चिसापानीतर्फ जाँदै गरेको ना ४८ प २५७८ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जना घाइते भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका वडा नं.८ कमाने बस्ने मोहित खतिवडा रहेका छन् । उनको टाउकोमा चोट लागेर र हेटौंडा अस्पतालाम उपचार भइरहेको जनाइएको छ ।