सुन तस्करी प्रकरण : थप दुई चिनियाँ नागरिक पक्राउ
काठमाडौं । करिब सय किलो सुन तस्करी प्रकरणमा थप दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा चिनियाँ नागरिकद्वय ली जियालिन र लिउ फुयान रहेका छन् ।
उनीहरुलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले विमानस्थलबाट पक्राउ गरेको हो । चीनतर्फ प्रस्थान गर्न लागेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिइएको अध्यागमन स्रोतले जनाएको छ ।
उनीहरुलाई थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को जिम्मा लगाएको छ । योसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १९ पुगेको छ ।
