हेटौंडा–११ थानाभर्याङ क्षेत्रमा बजार अनुगमन
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ थानाभर्याङमा बिहीबार अनुगमन गरिएको छ । हेटौंडा उपमहानगरपालिका अन्तरगत पर्ने स्थानीय बजार अनुगमन समितिले उक्त क्षेत्रमा पर्ने विभिन्न २३ वटा पसलको अनुगमन गरेको हो ।
अनुगनम समितिका संयोजक सविन न्यौपानेका अनुसार, उक्त क्षेत्रमा रहेका किराना पसल, मासु पसल, होटल र ग्यारेज गरी २३ वटा पसलहरुको अनुगमन गरिएको हो । समितिले सो क्षेत्रको १० वटा होटलहरुको अनुगमन गर्दा एउटा होटलले कानूनी प्रकृया पूरा नगरी होटल संचालन गरेको पाइएकोले ती होटललाई शिल गरिएको छ ।
यस्तै, समितिले ५ वटा किराना पसलको अनुगमन गर्दा ३ वटा किराना पसलले कानूनी प्रकृया पूरा गरी पसल दर्ता नगरिएको पाएको हुँदा उक्त किसाना पसललाई पनि शिल गरिएको अनुगमन समितिका संयोजक न्यौपानेले बताए ।
त्यसैगरी, समितिले २ वटा मासु पसल, ३ वटा ग्यारेज र ३ वटा खाजाघरलाई पनि सरसफाइ नगरिएको पाएकोले ती पसलहरुलाई सरसफाई गर्न निर्देशन दिएको उनले बताए ।
उनका अनुसार, उक्त अनुगमन समितिले थानाभर्याङको विभिन्न पसलहरुमा अनुगमन गर्दा अवैध रुपमा सूर्तीजन्य पदार्थ, चुरोट १४ पेटी, गुड्र्खा ४ प्याकेट र ५ प्याकेट सूर्ती बरामद गरिएको र ती सूर्तीजन्य पदार्थलाई आवश्यक कानूनी प्रकृयाको लागि उपमहानगरपालिकाको कार्यालयमा ल्याइएको छ ।
