माओवादीको केन्द्रीय सदस्यमा २२ महिला थपिए

तु खबर संवाददाता
२०८० श्रावण १९, शुक्रबार १६:५७

काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटीमा २२ जना महिला थपिएका छन् ।

यससँगै माओवादीको केन्द्रीय कमिटी ४०७ सदस्यीय पुगेको छ । बुधबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष प्रचण्डले पेस गर्ने सांगठनिक प्रतिवेदनमा ३५ प्रतिशत महिला पुर्याउन २२ जना महिला थप्ने प्रस्ताव गरिएको थियो ।

माओवादी केन्द्रले आङ्दावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गिताकुमारी कँडेल चौलागाईं, गिता शाही, छमकुमारी खनाल, दिलमाया बूढामगर, नीरमाया श्रीस, नीशा न्यौपाने, पार्वती थापा, भगवती तिवारी, मोतिकला चलाउने, लालकुमारी पुनलाई केन्द्रीय कमिटीमा समावेश गरेको हो ।

त्यस्तै लिला शर्मा र सपना परियार, सीता दाहाल, सुशिला घिमिरे, सुशीला पौडल, सूर्यकुमारी विक र शरू चौधरी पनि थपिएका केन्द्रीय सदस्यहरु हुन् ।