चार दिनदेखि बेपत्ता पुरुष मृत अवस्थामा फेला

तु खबर संवाददाता
२०८० श्रावण १९, शुक्रबार १०:१५
सांकेतिक तस्वीर

कञ्चनपुर । कञ्चनपुरमा चार दिनदेखि बेपत्ता एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । जिल्लाको कृष्णपुर नगरपालिका–२ बङ्क नवदुर्गा टोलका ३५ वर्षीय कुवेर दमाई मृत अवस्थामा फेला परेका हुन् ।

दमाईको शव घरदेखि करिब पाँच सय मिटर टाढा बन्द नदी किनारमा गाडिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ ।

प्रहरीका अनुसार, स्थानीयले बाख्रा चराउन जाने क्रममा नदीको किनारमा खनेको माटो देखेपछि बिहीबार साँझ प्रहरीलाई खबर गरेका थिए । दमाई सोमबारदेखि बेपत्ता थिए ।

दमाइको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर पठाइएको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।