हेटौँडामा जारी हक्कीमा सुदुर र आर्मी विजयी
मकवानपुर, २ माघ । नेपाल हक्कि संघको आयोजनामा हेटौँडामा जारी १७ औं राष्ट्रिय पुरुष तथा दोस्रो महिला हक्की प्रतियोगितामा मंगलबार दुई खेल सम्पन्न भएको छ ।
हेटौँडा उपमहानगरपालिकाको बन विज्ञान अध्ययन संस्थानको चौरमा भएको पहिलो पुरुषतर्फको खेलमा सुदरपश्चिममाञ्चल विजयी भएको छ । सुदुरपश्चिमले पश्चिमाञ्चललाई २–० गोलले पराजित गरेको हो । सुदुरपश्चिमका लागि दिपकराज जोशी र राजेश विष्टले गोल गरेका थिए ।
त्यस्तै महिलातर्फको खेलमा नेपाल आर्मी र पूर्वाञ्चल बीच खेल भएको थियो । खेलमा नेपाल आर्मीले ६–० को गोल अन्तरले जीत हासिल गरेको छ । आर्मीका लागि सितामाया बलले ४, टंकमाया खपांगीले १ र पिंकी सिञ्जालीले १ गोल गरेकी थिइन् ।
