एसईईमा उत्कृष्ट नतिजा ल्याउने १७१ विद्यार्थीलाई सम्मान
मकवानपुर । मकवानपुरमा माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने १७१ जना विद्यार्थीलाई सम्मान गरिएको छ ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले बिहिबार एक कार्यक्रमको आयोजना गरी ती विद्यार्थीहरुलाई सम्मान गरेको हो ।
उत्कृष्ट हुने विद्यार्थीहरुलाई हेटौंडा उपमहानगरपालिकाका मेयर मिना कुमारी लामा, प्याप्सन मकवानपुरका अध्यक्ष बिनोद सुवेदी लगायतकाले सम्मान गरेका हुन् ।
कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड हेटौंडाका प्रमुख कृष्ण प्रसाद घिमिरे, शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख दिनानाथ गौतम, प्याब्सन बागमती प्रदेशका अध्यक्ष केशबलाल श्रेष्ठ, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका संस्थापक अध्यक्ष प्रताप विष्ट, संस्थागत विद्यालय अभिभावक संघ मकवानपुरका अध्यक्ष रमिला सापकोटा, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, प्याब्सन पूर्व अध्यक्ष राजन थापा लगायतकाको सहभागिता रहेको थियो ।
