गैर आवासीय नेपाली संघ स्पेनको उपाध्यक्षमा दाहाल
मकवानपुर । गैर आवासीय नेपाली संघ स्पेनको २०२३–२०२५ को उपाध्यक्षमा मकवानपुरका रामप्रसाद दाहाल निर्वाचित भएका छन् । मकवानपुरका बकैया गाउँपालिका वडा नम्वर ४ निवासी दाहाल उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् ।
यस्तै, संघको आईसिसि सदस्यमा यज्ञनारायण पौडेल, संघको अध्यक्षमा पेशल कुमार कोइराला निर्विरोध निर्वाचित भएका छन् ।
यसैगरी, संघको वरिष्ठ उपाध्यक्षमा रोषन पाठक, उपाध्यक्षहरुमा दाहालसहित नारायण भट्टराई, कमला बराल र सुरेन्द्र भुजेल थापा, महासचिवमा सुन्दर रानाभाट, उपमहासचिवमा केशवराज कडेल, सचिवहरुमा नविन घिमिरे, राजेन्द्रप्रसाद काफ्ले, पार्वती ओली, रमेश पण्डीत र सन्तोष अर्याल रहेका छन् ।
कोषाध्यक्षमा प्रभाकर दर्पण केसी, सह–कोषाध्यक्षमा लालबहादुर खत्री क्षेत्री चयन भएका छन् भने महिला संयोजकमा जमुदादेबी शर्मा सापकोटा, युवा संयोजकमा गणेशराज अधिकारी चयन भएका छन् ।
