नारायणगढ मुग्लिन सडकखण्डमा सवारी दुर्घटना, ११ जना घाइते
हेटौंडा । मंगलबार नारायणगढ–मुग्लिन सडकखण्डमा सवारी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।
आज बिहान साढे ७ बजे भरतपुर महानगरपालिका–२९ चौधकिलो पुल नजिकै नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको रा १८ ख २२३६ नम्बरको बस र विपरीत दिशाबाट आँउदै गरेको ना ६ ख ४९४२ नम्बरको ट्रक ठोक्किँदा दुर्घटना भएको हो ।
घाइतेहरुलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेजमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी विजयराज पण्डितले जानकारी दिए । घाइते सबैको अवस्था सामान्य रहेको पण्डितले बताए ।
