मकवानपुरमा ११९ जनाले पाए लालपुर्जा
मकवानपुर । मकवानपुरमा पछिल्लो समय ११९ जना सुकुमवासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाएका छन् । जिल्लाको विभिन्न पालिकामा गरेर ११९ सुकुमवासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाएको नापी कार्यालय मकवानपुरले जनाएको छ ।
नापी कार्यालय मकवानपुरका प्रमुख पूर्णहरि सुवेदीका अनुसार, जिल्लाको हेटौंडा उपमहानगरपालिका–१३ का ६९ जना, बागमती गाउँपालिकाका ३९ जना र बकैया गाउँपालिकाका ११ जना गरी ११९ जना सुकुमवासी तथा अव्यवस्थित बसोबासीले लालपुर्जा पाएका हुन् ।
राष्ट्रिय भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णु दाहालले हेटौंडा उपमहानगर, बागमती, बकैया र मनहरी गाउँपालिकामा भूमिसम्बन्धी समस्या रहेको बताउँदै ३÷४ महिनाभित्रै दलित र सुकुमबासीलाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको जानकारी गराए ।
भूमि आयोग मकवानपुरले जिल्लामा भूमिहीन र अव्यवस्थित बसोबासी गरी ३६ हजार १६८ जना भूमिहीन सुकुमवासी रहेको जनाएको छ ।
