पहिरोको कारण अवरुद्ध भैैंसे–भीमफेदी सडकखण्डमा यातायात संचालन
मकवानपुर । भैैंसे–भीमफेदी सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ३ पान्द्राङस्थित आज अपराह्न गएको पहिरो पन्छाई यातायात संचालनमा ल्याइएको छ ।
आज अपराह्न वर्षासँगै खसेको पहिरोका कारण यातायात अवरुद्ध बनेको थियो । उक्त पहिरो पन्छाई केहीबेर अघिबाट पुनः यातायात संचालनमा ल्याएको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने उक्त सडकखण्डमा पहिरो जाँदा भीमफेदी हुँदै काठमाडौं, सिस्नेरी, फाखेललगायत भीमफेदीको विभिन्न स्थानमा जाने र ती सडकखण्ड हुँदै हेटौंडातर्फ आउने यातायात अवरुद्ध बनेको थियो ।
