मनहरीमा सिलिण्डर पड्कियो, लाखौँको क्षति
मकवानपुर । मनहरी गाउँपालिका वडा नम्वर–१ चकरीस्थित एक किराना पसलमा गएराति ग्यास सिलिण्डर फड्किएको छ ।
स्थानीय दीपक ढकालको पसलमा ग्यास सिलिण्डर पड्किएपछि आगलागी हुँदा जलेर लाखौँको सामान नष्ट भएको प्रहरीले जनाएको छ ।
सो घटनामा पसलमा रहेको सामान जली ४ लाख ४७ हजारको भएको आँकलन गरिएको छ । रातको समयमा लागेको आगो स्थानीयको सक्रियतामा निभाइएको र बिस्फोटबाट पसल र घरको दुई वटा कोठाकोे संरचनामा समेत असर हुँदा ९ लाख बराबरको क्षति भएको सोही पसलका संचालक ढकालले बताए ।

