दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
विराटनगर । सुनसरीको दुहवी नगरपालिका–५ मा बुधबार मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
कोसी लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको प्रदेश १–०२–०४७ प ११६४ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक सुनसरीको गढी गाउँपालिका–२ का २७ वर्षीय उत्तम चौधरी रहेका छन् । दुर्घटनामा परेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विराटनगरको विराट नर्सिङममा मृत्यु भएको हो ।
यस्तै, दुर्घटनामा परेर मोटरसाइकलको पछाडि सवार मोरङको कटहरी गाउँपालिका–५ का अमन गुरुङ घाइते भएका छन् । गुरुङको विराट नर्सिङ होममा उपचार भइरहेको सुनसरी प्रहरीले जनाएको छ ।
