ट्रक दुर्घटना हुँदा दुई जना घाइते
घोराही । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिवखोलामा आज बिहान ट्रक दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
रुपन्देहीको भैरहवाबाट रासायनिक मल लिएर बाँकेको नेपालगञ्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक लमही नगरपालिका वडा नम्बर ९ स्थित शिवखोलाको पुलबाट खोलामा खसेर दुर्घटना हुँदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
बिहान साढे ४ बजेको समयमा भएको दुर्घटनामा परेर ट्रक चालक रुपन्देही मायादेवी गाउँपालिका–६ निवासी चालक बसन्त लोनिया र रुपन्देहीकै लुम्बिनी सांस्कृतिक नगरपालिका–७ निवासी प्रदीपकुमार लानिया घाइते भएका हुन् ।
उनीहरुको उद्दारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।
