कुवेतमा एक जना नेपालीको ज्यान गयो
काठमाडौं । कुवेतमा एक नेपाली कामदारको ज्यान गएको छ । तेल निकाल्ने मेसिनमा च्यापिएर ओखलढुंगाका मानबहादुर भुजेलको ज्यान गएको त्यहाँस्थित प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, कुवेतको स्पिडको कम्पनीमा कार्यरत भुजेलको केओसी प्रोजेक्ट अन्तर्गत रद्का भन्ने ठाउँमा तेल उत्खनन गर्ने मेसिनमा च्यापिएर ज्यान गएको हो ।
विगत १६ वर्षदेखि कुवेतलाई कर्मथलो बनाउँदै आएका मृतक भुजेल परिवारका साथ कुवेतको मङ्गाफमा बस्दै आएका थिए । उनकी श्रीमती पनि कुवेतमै रहेकाले घटना बारे त्यहाँस्थित नेपाली दूतावासलाई जानकारी गराइसकिएको छ ।
पतिको शव नेपाल पठाउन आवश्यक सहयोग गरिदिन दूतावास र गैरआवासीय नेपाली संघ एनआरएन कुवेतलाई उनले अनुरोध गरेकी छिन् ।
