बागमती प्रदेश सरकारद्वारा विपद् प्रभावित कृषकलाई राहत उपलब्ध
मकवानपुर । बागमती प्रदेश सरकारले विपद् प्रभावित कृषकहरुलाई राहत उपलब्ध गराएको छ । प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालु आर्थिक वर्ष २०७९–०८० को वार्षिक स्कीकृत कार्यक्रम बमोजिम प्रदेशका ४१ जना कृषकहरुलाई राहत उपलब्ध गराएको हो ।
नेपालमा नै पहिलो पटक कृषि, पशुपन्छी तथा मत्स्य क्षेत्रमा प्रतिकुल असर पार्ने प्राकृतिक र गैर प्राकृतिक विपदबाट प्रभावित प्रदेशका विभिन्न जिल्लाका ४१ जना कृषकहरुलाई १ करोड ५७ लाख ७५ हजार १ सय ६० रुपैयाँ राहत रकम उपलब्ध गराइएको हो ।
उक्त राहत रकम उपलब्ध गराउन मन्त्रालयले मिति २०७९ मंसिर २३ गते सार्वजनिक सूचनामार्फत् विपदबाट प्रभावित किसानहरुलाई निवेदन पेश गर्न आव्हान गरेको थियो । सोही सूचनाको आधारमा निवेदन पेश गरेकामध्ये ४१ जनाले राहत प्राप्त गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले काभ्रेको नोवल कृषि फर्म, धुलिखेल–३ लाई ५ लाख ७० हजार रुपैयाँ, हाम्रो माझिफेदा पशुपालन तथा कृषि फर्म, चौरीदेउराली–३ लाई ३६ हजार रुपैयाँ, दाजुभाइ एकीकृत बहु उद्देश्य कृषि फार्म, पनौती–९ लाई ३५ हजार रुपैयाँ, गैरी गाउँ कृषि तथा पशुपन्छी फार्म, पनौती–५ लाई ८ लाख २० हजार रुपैयाँ, टिम भिजन एग्रिकल्चर फार्म, पनौती–५ लाई १० लाख रुपैयाँ, श्रेष्ठ बङ्गुर फार्म, पनौती–१० लाई ९ लाख ६० हजार रुपैयाँ, उन्नति हाम्रो बङ्गुर फार्म, पनौती–१० लाई १० लाख रुपैयाँ, एस.एस. बङ्गुर माछा तथा कृषि फार्म, बनेपा–७ लाई १० लाख रुपैयाँ राहत रकम उपलब्ध गराएको छ ।
यसैगरी, चितवनको पाथीभरा पशुपालन तथा दाना उत्पादन केन्द्र प्रा.लि, भरतपुर–६ लाई १० लाख रुपैयाँ, गोपी पशुपन्छी फर्म, इच्छाकामना–७ लाई १० लाख रुपैयाँ, गौशाला कृषि फर्म, खैरहनी–४ लाई ८ लाख ७० हजार रुपैयाँ, न्यु कर्माचार्य एकीकृत फर्म, खैरहनी–१ लाई १० लाख रुपैयाँ, सिमलढाप कृषि व्यावसायिक फर्म, इच्छाकामना–७ लाई २ लाख रुपैयाँ, श्री कुमार चेपाङ, इच्छाकामना–७ लाई २ लाख रुपैयाँ, गुरुङ्ग एकीकृत पशुपन्छी पालन तथा बङ्गुर फर्म, रत्ननगर–११ लाई एक लाख ४० हजार रुपैयाँ, पौडेल एकीकृत पशुपन्छी मत्स्य तथा कृषि फर्म, रत्ननगर–९ लाई ६ लाख २० हजार रुपैयाँ, सियाना महतो, रत्ननगर–३ लाई १० हजार रुपैयाँ, सुकदेव धरेल, राप्ती–६ लाई १० हजार रुपैयाँ, सावित्री कुमारी धरेल राप्ती–६ लाई ६ हजार १२० रुपैयाँ र दण्डपाडी दनै, राप्ती–६ लाई ११ हजार १६० रुपैयाँ राहत रकम उपलब्ध गराइएको छ ।
त्यसैगरी, नुवाकोटको धादिङ कृषि फर्म ककनी–२ लाई ३ लाख ८० हजार रुपैयाँ, एस.आर. बङ्गुर तथा पशुपन्छी फर्म शिवपुरी–८ नुवाकोटलाई ७ लाख ३० हजार रुपैयाँ राहत रकम उपलब्ध गराइएको छ भने पोकम कृषि बहुउद्देश्यीय प्रा.लि सुर्यविनायक–७ लाई १० लाख रुपैयाँ, त्रियोगा एग्रिकल्चर प्रा.लि गोदावरी–७ ललितपुरलाई १० लाख रुपैयाँ, सुनाखरी पशुपालन तथा अर्ग्यानिक तरकारी फार्म प्रा.ली महालक्ष्मी–८ लाई १० लाख रुपैयाँ, मंगली नेपाली, नीलकण्ठ–७ धादिङ लाई १० हजार रुपैयाँ, राम बहादुर रोक्का नीलकण्ठ–७ लाई ४० हजार रुपैयाँ, एस.एस. पशु रागा फर्म तथा माछापालन, गोलाञ्जोर–६ सिन्धुली लाई १ लाख ३० हजार रुपैयाँ राहत रकम उपलब्ध गराइएको छ ।
त्यस्तै, मकवानपुरको एलिना बङ्गुर फर्म, हेटौँडा–११ लाई ३ लाख ९० हजार रुपैयाँ, सिमलथली बाख्रा फर्म हेटौँडा–३ लाई १ लाख १३ हजार रुपैयाँ, कल्पना घिमिरे हेटौँडा–६ लाई १ लाख ३६ हजार ९२० रुपैयाँ, अम्बिका खतिवडा हेटौँडा–६ लाई १० हजार ८० रुपैयाँ, कृष्ण प्रसाद दंगाल हेटौँडा–६ लाई १० हजार ८० रुपैयाँ, किर्तिमान श्रेष्ठ हेटौँडा–६ लाई १७ हजार ६४० रुपैयाँ, प्रदीप थापा क्षेत्री हेटौँडा–१७ लाई ७५ हजार ६०० रुपैयाँ, एकीकृत बस्ताकोटी कृषि फर्म इन्द्रसरोवरलाई ४५ हजार १६० रुपैयाँ, अनुस्थ नर्सरी तथा व्यावसायिक तरकारी फर्म हेटौँडा–६ लाई ३० हजार २४० रुपैयाँ, पुष्पराज पराजुली हेटौँडा–६ लाई १० हजार ८० राहत रकम उपलब्ध गराएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार, मान बहादुर तामाङ्ग भिमेश्वर–९ दोलखालाई १ लाख १० हजार रुपैयाँ तथा काठमाडौं चन्द्रागिरी नगरपालिका–२ का सन्देश महर्जनलाई २८ हजार रुपैयाँ राहत रकम उपलब्ध गराइएको छ ।
चालु आर्थिक वर्षमा राहत वितरण हुन नसकेको निवेदनलाई आगामी आर्थिक वर्षमा सम्बोधन गर्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयलाई आगामी आर्थिक वर्ष २०८०–०८१ को वार्षिक स्वीकृत कार्यक्रममा ५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ ।
