ललिता निवास प्रकरण : पक्राउ पर्नेको संख्या १७ पुग्यो
काठमाडौं । बालुवाटारस्थित ललिता निवासको जग्गा हिनामिना गरेको आरोपमा पक्राउ पर्नेको संख्या १७ पुगेको छ ।
बुधबार थप एक जना पक्राउ परेसँगै उक्त प्रकरणमा पक्राउ पर्नेको संख्या १७ पुगेको हो । बुधबार सीआईबीले समरजंग कम्पनीका तत्कालीन सहलेखापाल विनोद पौडेललाई पक्राउ गरेको हो ।
सिआईबीले मंगलबार मात्रै यो प्रकरणमा ४ जना पक्राउ परेका थिए । ललिता निवासको १४३ रोपनी जग्गा हिनामिना गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको छ ।
