मकवानपुर प्रहरीद्वारा अवैध खुद्रा समान बरामद

तु खबर संवाददाता
२०८० असार २७, बुधबार १८:४२

मकवानपुर । मकवानपुर प्रहरीले बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटबनट अवैध खुद्रा सामान बरामद गरेको छ ।
रातोमाटेस्थित प्रहरी चौकी अगाडि चेकप्पाइन्टमा प्रहरी वरिष्ठ नायव निरीक्षक मञ्जु कुमारी रानाको कमाण्डमा खटिएको चेकिङ टोलिले विभिन्न सुमो गाडीहरु र यात्रु बाहक बसलाई चेकजाँच गर्ने क्रममा बिल नभएको ५३ हजार रुपैयाँ बराबरको खुद्रा सामान बरामद गरेको हो ।

प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जानको लागि आउँदै गरेको ना.१ ज.७०५२ नं.को सुमो गाडीबाट काजु १०० ग्राम को–१२३ प्याकेट र २०० ग्राम को–६० प्याकेट, चुपचाप चकलेट–१० प्याकेट बरामद गरेको छ ।

यस्तै, कलैयाबाट काठमाडौंतर्फ जान आउँदै गरेको ना. १ ज.५६५७ .को सुमो गाडीबाट ओरियो बिस्कुट –४४ प्याकेट, राज निवास सेट–१९ प्याकेट बरामद गरेको प्रहरीले जनाएको छ ।

यसैगरी, प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जान आउँदै गरेको ना. १ ज.५४१८ .को सुमो गाडी बाट रेड बुल २ काटुन (२३ वटा र २४ वटा भएको ) बरामद गरेको छ भने जनकपुरबाट काठमाडौंतर्फ नै जानका लागि आउदै गरेको प्रदेश २–०३–००१ ख १०२७ नं.को यात्रु बाहक बसबाट अण्डा –५ काटुन (१ काटुनमा ८ क्यारेट भएको ) बरामद गरेको छ ।