माओवादी कार्यालयमा दुई दिनसम्म झण्डा आधा झुकाइने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) की पत्नी एवम् पार्टीकी केन्द्रीय सल्लाहकार सीता दाहालको निधनप्रति पार्टीका सबै कार्यालयमा दुई दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ ।
पेरिसडाँडामा बुधबार बसेको पदाधिकारी बैठकले बुधबार र बिहीबार माओवादीको सबै पार्टी कार्यालयमा झण्डा आधा झुकाउने निर्णय गरेको महासचिव देवप्रसाद गुरुङले जानकारी दिए ।
उनका अनुसार बिहीबार जिल्ला, प्रदेश कार्यालयमा शोक सभा गर्ने निर्णय पनि गरिएको छ । ६९ वर्षीया सीता दाहालका बुधबार बिहान साढे ८ बजे उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो ।