ज्वालादेवी विव्यसमा राजारामको नेतृत्व

तु खबर संवाददाता
२०८० असार २४, आईतवार ०८:०८

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ४ स्थित ज्वालादेवी आधारभुत विद्यालय विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजाराम मोक्तान चयन भएको छ ।

गत जेठ २६ गतेको अभिभावक भेलाले सर्वसम्मत् चयन गरेको विव्यस कार्यसमिति सदस्यको शनिबार बसेको बैठकबाट मोक्तानको नेतृत्वमा ९ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।

यस्तै, निर्वाचित सदस्य दिलमाया भुलुन, चमेली शाही ठकुरी, लीलाबहादुर थापा, मनोनित सदस्य सर्कलाल लो, भगवती सापकोटा र अन्य सदस्य अर्जुनप्रसाद तिमल्सिना (वडा अध्यक्ष), इन्द्रप्रसाद चौलागाईं (शिक्षक प्रतिनिधि) र सरोज फुया“ल (सदस्यसचिव) रहेका छन् ।

विव्यस अध्यक्ष विष्णु कठायतको सभाध्यक्षता रहेको भेलामा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामास्यांतानको प्रमुख आतिथ्यता थियो ।