प्रतिनिधि सभा बैठक बस्दै, तीन विधेयक प्रस्तुत हुने

तु खबर संवाददाता
२०८० असार २४, आईतवार ०८:०१

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक संघीय संसद् भवन, नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्ने भएको हो ।

संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार बैठकमा तीन वटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रिय सभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधि सभामा प्रस्तुत हुनेछ ।

यसैगरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० पेस गर्नेछन् भने राष्ट्रिय सभामा उत्पत्ति भएको ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

यस विधेयकमाथिका संशोधनहरुलाई आजै निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।