शैक्षिक सहयोग अक्षय कोषको वार्षिक साधारण सभा सम्पन्न
मकवानपुर । शैक्षिक सहयोग अक्षय कोष, मकवानपुरको चौथो वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।
शैक्षिक सहयोग अक्षय कोष, मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षता एवम् बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभामा संस्थाका सचिव बद्री पाठकले सचिवको र कोषध्यक्ष राम कृष्ण थापाले आर्थिक प्रतिवेदन पेस गरेका थिए ।
संस्थामा हालसम्म आजिवन सदस्य ७१ जना, विशिष्ट सदस्य ९ जना, साधारण सदस्य १५ जना र संस्थागत सदस्य १९ जना गरि ११४ जना सदस्य रहेका छन् भने संस्थाको कोषमा हालसम्म १४ लाख ५१ हजार ७०५ रुपैयाँ जम्मा भएको छ ।
