हेटौंडाबाट ७० हजार रुपैयाँ बराबरको कपडा बरामद
मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नमवर १५ राटोमाटेबाट प्रहरीले सोमबार अवैध कपडा बरामद गरेको छ ।
प्रहरीले ७० हजार रुपैयाँ बराबरको अवैध कपडा बरामद गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
प्रहरीका अनुसार, वीरगंजबाट पोखरातर्फ जाँदै गरेको प्रदेश–२–०३–००१ ख ६२०५ नम्बरको यात्रुबाहक बसलाई चेकजाँच गर्ने क्रममा उक्त बसबाट साडी २३ पिस, कुर्था सुरुवाल ३५ पिस, जयपुरी कुर्था ९ पिस र थान कपडा ५ पिस बरामद गरिएको हो ।
