मंगलबार नेप्सेमा सुधार, २ अर्बमाथिको कारोबार
काठमाडौं । आज साता कारोबारको तेस्रो दिन शेयर बजारमा सुधार आएको छ । साता कारोबारको पहिलो र दोस्रो दिन लगातार घटेको नेप्सेमा तेस्रो दिनमा भने सुधार देखिएको हो ।
मंगलबार नेप्से १०.४० अंकले बढेर २० ८६ दशमव ३७ को विन्दुमा कायम भएको छ । नेप्सेमा सुधार देखिएतापनि कारोबार रकम भने दुई अर्बमै सिमित भएको छ ।
मंगलबार नेप्सेमा सूचीकृत २८२ कम्पनीहरुको ६४ लाख ५० हजार कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ५७ करोड ६१ लाखको कारोबार भएको छ ।
नेप्सेमा सुधार देखिएसँगै सबै उपसूचकहरुमा हरियाली छाएको छ । मंगलबार सर्वाधिक होटल र पर्यटन उपसूचक २.३६ प्रतिशतले बढेको छ भने दोस्रोमा फाइनान्स उपसूचक १.९२ प्रतिशतले बढेको छ ।



