बसमा आगलागी हुँदा जलेर २५ यात्रीको मृत्यु
मुम्बई । भारतको महाराष्ट्रमा शनिबार बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । बुलढानामा यवतमालबाट पुणे जाँदै गरेको बस दुर्घटनामा पर्दा २५ जनाको मृत्यु भएको हो ।
प्राप्त जानकारी अनुसार समृद्धि महामार्ग एक्सप्रेस वेमा बुलढाना नजिक बस पल्टिँदा आगो लागेको थियो ।
उक्त घटना राति करिब २ बजे भएको हो । बसबाट २५ जनाको शव निकालिएको छ । बसमा जम्मा ३२ जना सवार थिए । घाइतेहरूको बुलढाना सिभिल अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका क्रममा बसबाट ठुलो मात्रामा डिजेल सडकमा फैलिएको बताइएको छ । डिजेल चुहावटका कारण बसमा आगलागी भएको जनाइएको छ ।
