बस दुर्घटना हुँदा ६ जना घाइते
काठमाडौं । बझाङबाट काठमाडौं जाँदै गरेको यात्रु बस कपिलवस्तुमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
ना ६ ख १३३९ नम्बरको बस आज बिहान पाँच बजे शिवराज नगरपालिका–३ देउराली मोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।
घाइते हुनेमा २ जना महिला र ४ जना पुरुष रहेका छन् । घाइते सबैको अवस्था सामान्य रहेको र यनीहरुको चन्द्रौटास्थित सन्जिवनी सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।
उक्त बसमा ४० जना यात्रुहरु थिए ।
