हेटौंडाबाट ८० किलो माउर माछाका भुरा बरामद, एक जना पक्राउ

तु खबर संवाददाता
२०८० असार १३, बुधबार ०९:२२

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, स्थित रातोमाटेबाट मंगलबार भन्सार छलि ल्याइएको ८० किलो माउर माछासहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत बंगाल राज्य जिल्ला माल्दा थाना कालियचाक ग्राम अल्पाडा बस्ने बर्ष ३२ को पुरन चौधरी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार, मंगलबार अपराह्न ३ बजेको समयमा काँकडभित्ताबाट हेटौंडातर्फ आंउदै गरेको प्र.१–००६ ख ५२३८ नं.को यात्रु बाहक बसलाई रोकी चेकजांच गर्ने क्रममा उक्त बसमा सवार चौधरीले अबैध रुपमा भन्सार छलि चोरी पैठारी गरी लुकाई छिपाई ल्याएको उक्त परिमाणको माछा फेला पछि निजालई पक्राउ गरिएको हो ।

प्रहरीले बरामद माछाका भुराहरु भेटनरी डक्टर तथा स्थानीय जनप्रतिनिधिहरुको रोहबरमा मंगलबार नै सुरक्षित स्थानमा खाल्डो खनि पुरी नष्ट गरेको जनाएको छ ।

साथै पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीको लागि भेटनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र हेटौंडा, मकवानपुर पठाईएको मकवानपुर प्रहरीले जनाएको छ ।