गोरखा जिप दुर्घटनामा मृत्यु भएका पाँचै जनाको पहिचान खुल्यो
गोरखा । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा मृत्यु भएका पाँचै जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेहरुमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा, २८ वर्षीय वीरबहादुर थापा, १९ वर्षीय नीरज थापा, १९ वर्षकै नवीना थापा र ६४ वर्षका धनबहादुर थापा रहेका छन् ।
हिद लखन गाउँपालिका–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङ फर्किँदै गरेको ०१–०२३ च ४४२७ नम्बरको जिप बिहान १ बजेको समयमा दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो ।
यस्तै, दुर्घटनामा परी १२ जना घाइते भएका छन् । जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको थियो ।
