जिप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु
काठमाडौं । गोरखाको सहिद लखन गाउँपालिका वडा नम्वर ३ को चिलिङकोटस्थित पात्लेखोलामा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
प्रदेश नंं. ३ को ०१–०२३ च २४२७ नम्बरको टाटा जिप बिहान १ बजेको समयमा दुर्घटना हुँदा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो । मृतकहरुको हाल सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, उक्त दुर्घटनामा परेर १२ जना घाइते भएका छन् । उनीहरुलाई उपचारको आबुखैरेनी अस्पताल लगिएको छ ।
बिहेको लागि टिकोटालो गरेर फर्किने क्रममा केटा पक्षको जिप दुर्घटनामा परेको बताइएको छ । गाडी १९–२९ जना सवार रहेको भनिएपनि घटनाको बारेमा विस्तृत विवरण आउँन बाँकी रहेको र दुर्घटनास्थलमा खोज तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।
