कानून मन्त्री सिंहको मृत्यु
धनगढी । सवारी दुर्घटनामा गम्भीर घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ ।
मंगलबार दिउँसो सुदूरपश्चिम प्रदेश–०१–००१ झ ४८० नम्बरको जिप बझाङको केदारस्यु गाउँपालिका–१ नयाँ गाउँमा दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
मेडिकलमा उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै नेपाली कांग्रेस सुदूरपश्चिम सचेतक गीता चौधरीले मन्त्री सिंहको अपराह्न ५ बजेर ३३ मिनेटको समयमा उपचारको मृत्यु भएको जानकारी दिइन् ।
यस्तै, सो दुर्घटनामा परेर उनकी पत्नी अमृता सिंह र भाउजु जयादेवी सिंहको घटनास्थलममा नै मृत्यु भएको र मृतक दुबै जनाको शव शव ऋतु पोलिक्लिनिक देउडामा रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिप चालक ३५ वर्षीय धर्मराज जोशी र मन्त्रीको निजी सुरक्षा अधिकृत (पिएसओ) को नेपालगन्ज मेडिकल कलेजमा उपचार हुँदैछ । उनीहरुको अवस्था स्थिर जनाइएको छ ।
