विकासका लागि बाम गठबन्धनः पृथक

तु खबर संवाददाता
२०७४ पुष २९, शनिबार १७:३८
कमान सिं पाख्रिन ‘पृथक’

मकवानपुर २९ पुस । माओवादी केन्द्र मकवानपुरका संचार विभाग प्रमुख कमान सिं पाख्रिन पृथकले विकासको लागि बाम गठबन्धनको अवधारणा ल्याईएको र सधैं एकजुट भएर बाम एकता जारी राख्ने कुरामा आफुले सहयोग गर्ने बताएका छन् ।
आज हेटौंडा १८ मा भएको माओवादि केन्द्र र नेकपा एमालेको संयुक्त चुनावी समिक्षासभामा बोल्दै पृथकले बाम गठबन्धन राष्ट्र जोड्ने एकता भएको समेत बताए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका पृथकले प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा बाम गठबन्धन भएकै कारण सफलता प्राप्त गरेको स्मरण गर्दै आगामी दिनहरुमा पनि बाम गठबन्धन जारी राख्ने कुरामा आफुहरु डटेर लाग्ने बताए ।

माओवादी केन्द्रका वडा उपाध्यक्ष भोला थापाको सभाध्यक्षतामा भएको कार्यक्रममा
माओवादी केन्द्रका प्रकाश निरौला ,राजेश मग्राती साथै एमालेका केशव पण्डीत ,अर्जुन मग्राती लगाएतका नेताहरुले मन्तव्य व्यक्त गरेका थिए ।
समिक्षासभाबाट थम एकजुट हुनको लागि आफुहरुलाई प्रेरणा मिलेको समेत नेताहरुको धारणा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*