हेटौंडाको कर्रा करिडोर निर्माणको लागि १५ करोड रुपैयाँ विनियोजन

तु खबर संवाददाता
२०८० असार १, शुक्रबार १७:१०

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशको राजधानी हेटौंडास्थित कर्रा करिडोर निर्माणको लागि १५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शुक्रबार प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले प्रदेश सरकारको तर्फबाट आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि अनुमानित बजेट सार्वजनिक गर्दै सो बारे जानकारी गराएका हुन् ।