बागमती प्रदेश सभामा बजेट पेश

तु खबर संवाददाता
२०८० असार १, शुक्रबार १५:२५

मकवानपुर । बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट पेश गरिएको छ ।

प्रदेश सभाको आज अपराह्न बसेको प्रदेश सभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले आगामी आर्थिक वर्षको बजे पेश गरेका हुन् ।

आर्थिक संकटका कारण प्रदेशको आर्थिक वृद्धि दर कमजोर रहेको मन्त्री लामाले बताए । उनले प्रदेशको पुँजीगत र चालू खर्च समेत कमजोर रहेको उनले बताए ।