प्रधानमन्त्री शेरबहादुर देउवा द्वारा श्रद्धाञ्जलि
भीमदत्तनगर, २९ पुस । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का काँग्रेस पूर्व वडासभापति नारायणदत्त भट्टको पार्थिक शरीरमा आज श्रद्धाञ्जलि अर्पण गरेका छन् ।
कञ्चनपुरको भीमदत्तनगर आइपुग्नु भएका प्रधानमन्त्री देउवाले आज बिहान भीमदत्तनगरपालिका–६ स्थित वडासभापति भट्टको घरमै पुगेर पार्थिक शरीरमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जलि व्यक्त गरेका हुन् । काँग्रेसको राजनीतिमा सक्रिय ७७ वर्षीय भट्टको शुक्रबार निधन भएको थियो ।
भट्टको निधनप्रति दुखः व्यक्त गर्दै प्रधानमन्त्री देउवाले शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरे ।
