प्युठान गाडी दुर्घटना अपडेट : ८ जनाकै मृत्यु
प्युठान । प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेका तीर्थयात्री सवार कार दुर्घटना हुँदा गम्भीर घाइते भएका ८ जनाको मृत्यु भएको छ ।
लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका –४ भिङ्ग्रीकोटमा सडकबाट तल खसेर दुर्घटना हुँदा गम्भीर घाइते भएका ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
मृत्यु हुनेहरुमा लमही नगरपालिका–५ का कार चालक ताराबहादुर कुमाल, लमही–७ वस्ने ४० वर्षीय गोविन्द शाह, उनकी श्रीमती ३० वर्षीय राधा नेपाली, उनका ९ वर्षीय आदित्य शाह, तुल्सीपुर उपमहानगरपालिका–१५ बस्ने ३५ वर्षीय सरिता शर्मा पोख्रेल, उनका १४ वर्षीय विशाल पोख्रेल र ९ वर्षीय विकास पोख्रेल रहेका छन् ।
१ जना बालकको भने सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
