मनहरीमा वडा तहबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भरिने

तु खबर संवाददाता
२०८० जेष्ठ २९, सोमबार १६:४९

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकामा वडा तहबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भरिने भएको छ ।

मनहरी गाउँपालिका वडा नम्वर ३ को कार्यालयले एक सूचना जारी गर्दै राहदानी र राष्ट्रिय परिचयपत्र बनाउन जाने क्रममा सर्वसाधारण ठगिने र झन्झट व्यहोर्नु परेको भन्दै वडा कार्यालयले वडाबाटै फारम भर्ने निर्णय गरेको जानकारी गराएको हो ।

वडा कार्यालयले जारी गरेको सूचनामा वडाबासीका लागि वडाबाटै अनलाईन फारम भर्ने व्यवस्था गरेको उल्लेख गरिएको छ ।

यस्तै, जिल्ला प्रशासन कार्यालयबाटै पनि उक्त सेवा निःशुल्क भइरहेको छ । त्यहाँ लाइन बस्नुपर्ने र सेवाग्राहीले झन्झट व्यहोर्नुपरेको भन्ने गुनासो आएपछि वडाबाटै राहदानी र राष्ट्रिय परिचयपत्रको फारम भर्ने सेवा थप गर्ने निर्णय गरेको वडाध्यक्ष अनन्तप्रकाश अर्यालले जानकारी दिए ।