पाल्पा जिप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५ पुग्यो
बुटवल । पाल्पाको रैनादेवी छहरा–८, सत्यवतीस्थित केवरेडाँडामा आइतबार भएको जिप दुर्घटनामा परेर मृत्यु हुनेको संख्या ५ जना पुगेको छ ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका पाणिनी–१ का ४४ वर्षीय विजय पोखरेलको मृत्यु भएसँगै मृतकको संख्या ५ जना पुगेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार, पोखरेलको बुटवलको चौराह अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । विजय पोखरेल सोही वडाका वडा सदस्य हुन् ।
दुर्घटनामा परेर यसअघि अर्घाखाँचीको पाणिनी गाउँपालिका–१ पडेना बस्ने चीप चालक २६ वर्षीय रमेश विक, पाणिनी– १ का ५५ वर्षीया श्यामकला परियार, पाणिनी–२ पोखराथोकका २५ वर्षीया सीता गौतम र सोही स्थानका २ वर्षीय बालक संयोग गौतम रहेका छन् । मृतकमध्ये संयोगको उपचारको क्रममा र अन्यको घटनास्थलमा नै मृत्यु भएको हो ।
यस्तै, उक्त दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइते पाँच जनाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा, एक जनाको चौराहा अस्पताल बुटवल र चार जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
रुपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै गरेको लु १ च ९०२४ नम्बरको जीप सडकदेखि करिब ७० मिटर तल खसेको छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
