मकवानपुरमा जेष्ठ २२ गते खुल्ला वक्तित्वकला प्रतियोगिता हुने

तु खबर संवाददाता
२०८० जेष्ठ १७, बुधबार १७:३७

मकवानपुर । मकवानपुर यही जेष्ठ २२ गते “युवा र नवप्रबतन’’ शिर्षकमा जिल्लास्तरीय खुल्ला वक्तित्वकला प्रतियोगिता हुने भएको छ ।

उक्त प्रतियोगिता जिल्ला युवा समिति मकवानपुरको आयोजनामा हेटौंडा–४ रोयल पार्टी प्यालेसको सभालमा हुने भएको हो । युवाहरुमा भएको नवप्रतिभालाई उर्जागर गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गर्न लागिएको जिल्ला युवा समिति मकवानपुरका अध्यक्ष सुमन पाख्रीनले बताए ।

२४ वर्षसम्मका उमेर समूहका युवाहरुले सहभागिता जनाउन पाउने उक्त प्रतियोगितामा उत्कृष्ट अंक ल्याई प्रथम हुनेले रु १५ हजार, दोस्रो हुने रु १० हजार र तेस्रो हुनेले रु ५ हजारसहित प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।