ट्रकको ठक्करबाट पाण्डेको मृत्यु

तु खबर संवाददाता
२०८० जेष्ठ १७, बुधबार ०८:५९

चितवन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–४ मार्तल पुल नजिक गएराति ट्रकले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ ।

लोथरबाट नारायणगढतर्फ जाँदै गरेको बा.प्र ०३–००१ ख १८६३ नंको ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा साइकलयात्री राप्ती–४ का ६५ वर्षीय हरि पाण्डे रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार, ट्रकको ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । प्रहरीले ट्रक र ट्रक चालकलाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।