प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गरिने

तु खबर संवाददाता
२०८० जेष्ठ १५, सोमबार १७:१९
File Photo

काठमाडौं । सरकारले कर्मचारीको प्रोत्साहन र अतिरिक्त समय काम गरेबापत दिइने भत्ता खारेज गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण गर्दै अर्थमन्त्री प्रकाशशरण महतले स्रोतमा परेको चापलाई मध्यनजर गर्दै प्रोत्साहन र अतिरिक्त समय भत्ता खारेज गर्ने घोषणा गरेका हुन् ।

उनले आगामी आर्थिक वर्षमा नयाँ सवारी साधन र फर्निचर खरिद नगरिने पनि बताए । यस्तै, अत्यावश्यकबाहेक नयाँ भवन निर्माण नगरिने भन्दै उनले आत्यावश्यक बाहेकका विदेश भ्रमणलाई पनि निरुत्साहित गरिएको बताए ।