विपदमा परेकाको उद्धार गर्ने गरी विशेष कार्यदल गठन गरिने
काठमाडौं । सरकारले विपदमा परेकाको उद्धारका लागि एकीकृत आकस्मिक सेवा प्रणाली स्थापना गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।
राष्ट्रपति पौडेलले आगलागी, दुर्घटना, डढेलो र आपराधिक क्रियाकलापबाट घाइते हुनेको तत्काल उद्धार गर्ने गरी विशेष कार्यदल बनाउने घोषणा गरेका हुन् ।
राष्ट्रपति पौडेलले सार्वननिक गरेको नीति तथा कार्यक्रममा भनिएको छ, ‘एम्बुलेन्स, दमकल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी संयुक्त रुपमा परिचालन हुनेगरी राष्ट्रिय एकीकृत आकस्मिक सेवा प्रणाली स्थापना गरिने छ ।’
