वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिटसम्म खपत गर्नेलाई निःशुल्क विद्युत
काठमाडौं । सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्नेलाई निःशुल्क विद्युत उपलब्ध गराउने घोषणा गरेको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो बारे जानकारी गराएका हुन् ।
यस्तै, उनले नीति तथा कार्यक्रममा २ वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पुर्याउने, विपन्न नागरिकको घरमा निःशुल्क बिजुली मिटर जोड्ने र खाना पकाउने ग्यसलाई विद्युतबाट प्रतिस्थापन गर्ने, हाइड्रोजन इनधनको उत्पादन सम्भाव्यताको अध्ययन गर्ने लगायतका घोषणा गरेका छन् ।
साथै सरकारले स्पील (खेरजाने) बिजुली सस्तो दरमा उद्योगहरुलाई दिने घोषणा गरेको छ । नीति तथा कार्यक्रममा भनिएको छ, ‘यस्तो बिजुलीले उद्योगहरूलाई प्रतिस्पर्धी क्षमतामा उत्पादन गर्न मद्दत पुग्नेछ ।’
